सबैभन्दा प्रभावशाली सीईओ: एप्पलका टिम कुक चौथो, गुगलका पिचाई १०औं, पहिलोमा को ?



एजेन्सी । कुनै पनि कम्पनीलाई उत्कृष्ट बनाउनका लागि प्रमुख कार्यकारी प्रमुख (सीईओ) हरुको मुख्य भूमिका रहेको हुन्छ । उनीहरुको योजना अनुसार कम्पनी अगाडि बढेको हुन्छ । विश्वमा उत्कृष्ठ कतिपय कम्पनीहरु रहेका छन् जसको नेतृत्व गरेका सीईओहरुको चर्चा हुने गरेको छ ।

विश्वमै सबैभन्दा उत्कृष्ट सीईओ को होलान् ? वारेन बफेट वा माइक्रोसफ्टका सत्य नडेला वा फेसबुकका मार्क जुकरबर्ग ? दशकौंदेखि व्यापारिक क्षेत्रमा नाम कमाएका, प्रभावशाली र सफल भएका सीईओहरु यीनिहरु नै हुन् । आफ्नो समयमा उत्कृष्ट काम गर्ने, आर्थिक रुपमा कम्पनीमा फाइदा पुर्‍याउने र विश्वभरमा नै आफ्नो प्रभाव छाडेका सीईओहरु यिनीहरु हुन् ।

पछिल्लो समय भने विश्वभरमा नयाँ नयाँ अनुहारहरु देखिएका छन् । त्यसो भए सन् २०२३ को सबैभन्दा उत्कृष्ट सीईओ को हुन् त ? पछिल्ला वर्षहरुमा नयाँ नयाँ अनुहारहरुले विश्वभरका कम्पनीहरुमा आफूलाई स्थापित गरिरहँदा नयाँ नयाँ अनुहारहरु देखिएको छ ।

सन् २०२३ का लागि सीईओवर्ल्डले सार्वजनिक गरेको रिपोर्टकाअनुसार विश्वभरमै सबैभन्दा उत्कृष्ट सीईओ मोर्गन स्टेन्ली कम्पनीका जेम्स पी गोर्मेन रहेका छन् । उनी सन् २०२३ सबै क्षेत्रमध्येका उत्कृष्ट सीईओ रहेका छन् ।

समग्र र सबै उद्योगहरुअन्र्तगतमा भने सन् २०२३ मा वाल मार्टका सीईओ तथा अध्यक्ष डौग मेकमिल्ल्न दोस्रो नम्बरमा रहेका छन् । त्यस्तै, अमेजोनका सीईओ एन्डी जेसी तेस्रो नम्बरमा, एप्पलका सीईओ टिम कुक चार नम्बरमा, सिभिएस हेल्थकी सीईओ तथा अध्यक्ष करेन एस । लिन्च पाँच नम्बरमा रहेका छन् । लिन्च विश्वभरका सीईओमध्येबाट उत्कृष्ट महिला सीईओ पनि रहेको सीईओ वर्ल्डको सूचीमा उल्लेख गरिएको छ ।

सूचीको उत्कृष्ट १० मध्ये ९ सीईओहरु अमेरिकी कम्पनीका छन् । छैटौं नम्बरमा भने एक साउदीको कम्पनीका सीईओ रहेका छन् । साउदीको कम्पनी आर्मकोका अध्यक्ष तथा सीईओ अमिन एच नासेर समेत यो सूचीमा छैटौं नम्बरमा रहेका छन् ।

सातौं नम्बरमा एन्ड्रयु विट्टी रहेका छन्, जो अमेरिकी कम्पनी युनाइटेड हेल्थ ग्रुपका सीईओ हुन् । त्यस्तै, एक्सन मोबिल कर्पोरेसनका अध्यक्ष र सीईओ डेरेन डब्ल्यु वुड्स आठौं नम्बरमा रहेका छन् । वारेन बफेट, जो बर्कसिर हाथावे इन्कका सीईओ तथा सेयरका बादशाह हुन्, उनी ९ नम्बरमा छन् ।

गुगलको मुल कम्पनी अल्फावेटका सीईओ सुन्दर पिचाई भने १० ओं नम्बरमा रहेका छन् ।

भारतीय ओयल कर्पोरेसनका अध्यक्ष श्रिकान्त माधव बैघ भने यो सूचीमा ८१ औं नम्बरमा रहेका छन् । त्यस्तै, भारतीय अर्बपति तथा रिलायन्स इन्ड्रस्ट्रीजका अध्यक्ष तथा कार्यकारी निर्देशक मुकेस अम्बानी भने १२८ औं नम्बरमा रहेका छन् ।

यो सूचीमा नेपालबाट भने कुनै पनि कम्पनीका सीईओहरु पर्न सकेका छैनन् ।

सीईओ वर्ल्डले विश्वभरका ९६ देशहरुका १२०० भन्दा धेरै सीईओहरुमध्येबाट उत्कृष्ट २०२ सीईओहरुलाई यो सूीचमा राखेको छ । सूचीमा समावेश गर्नका लागि सीईओले कम्पनीमा काम गरेको अवस्था, निर्माण गरेको वातावरण, सुशासनको पक्ष, सामाजिक विषयमा दिइरहेको प्रतिक्रिया, बजारपुँजीलाई व्यवस्थापन गर्न गरेको कामलगायतका कुराहरुलाई ध्यानमा राखिएको थियो ।


क्लिकमान्डु