गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले फागुन ६ गतेका लागि प्रथम बार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको साधारण सेयरहरु सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

साधारण सेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग गर्ने र कम्पनीको साधारण सेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभामा आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदनमा छलफल गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्त गर्ने, सञ्चालकको भत्ता तथा अन्य सेवा सुविधाका सम्बन्धमा छलफल हुनेछ । यी प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा जाने छ ।


क्लिकमान्डु