सेयर बजारमा दोहोरो अंकको सुधार, जलविद्युत समूहमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बजार मापन गर्ने सूचक १०.३७ अंकले बढेर परिसूचक २०९४.४६ बिन्दु कायम भएको छ । कारोबारको अन्तिम ४५ मिनेटमा बजार बढ्दा परिसूचक २१ सय नजिक पुगेको हो । कारोबारमा १७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० वटाको घटेको छ ।

यो दिन बजारमा जलविद्युत कम्पनीमा बढी आकर्षण देखिएको छ । ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । विकास बैंक ४९.३४, वित्त कम्पनीको १४.७१, जलविद्युत ३४.५०, जीवन बिमा ५३.९४, माइक्रोफाइनान्स २०.९८, निर्जीबन बिमा ५७.०१, अन्य समूहको उपसूचक २२.८१ अंकले बढेको छ । कारोबारमा बैंक १.०९, होटल १०४.३१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २८.५४ अंकले घटेको छ ।

कारोबारमा मिड सोलु हाईड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा सामलिंङ पावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले कमाएका छन् भने चन्द्रागिरी हिल्स कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर र रिलायबल नेपाल लाइफ रहेको छ ।


क्लिकमान्डु