तमोर खोला जलविद्युत आयोजना बन्ने, लागत ६ अर्ब रुपैयाँ



फाइल तस्बिर

काठमाडौं । तमोर खोला जलविद्युत आयोजना बन्ने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार गरिसकेको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ मा ४३ मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजना निर्माण गरिने भएको हो । आयोजनाबाट वार्षिक प्रतिघण्टा २४२.०३९ गिगावाट उत्पादन हुनेछ । जसमा सुक्खायाममा प्रतिघण्टा ७२.७२६ गिगावाट र वर्षायाममा प्रतिघण्टा १६९.३१३ गिगावाट विद्युत उत्पादन हुनेछ ।

आयोजनाको नदीको औसत वहाब ४०.६५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार आयोजनाको लागत ५ अर्ब ९६ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । हाल उक्त आयोजनाको वर्तमान मूल्य ३ अर्ब १० करोड ९१ लाख रुपैयाँ रहेको छ ।

आयोजनामा डाइभर्सन वेयर, इन्टेक, गभेल, ट्र्याप, अप्रोच नहर, डिस्यान्डिङ बेसिन, हेडरेस सुरुङ, सर्ज ट्याङ्क, पेन स्टक पाइप, विद्युत गृह, टेलरेस नहर तथा प्रसारण लाइन रहने छन् ।

आयोजनाको डिजाइन डिस्चार्ज २८.८८ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने बाँध क्षेत्रमा कुल जलाधार क्षेत्र ७६४.७ वर्ग किलोमिटर रहेको छ । आयोजनाको निर्माण अवधि ४ वर्ष तोकिएको छ ।


क्लिकमान्डु