राष्ट्रिय सभा निर्वाचन अपडेट: अहिलेसम्म क-कसले जिते ?



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । आज बिहानबाट सुरु भएको मतदान समाप्त भएसँगै मतगणना सुरु भएको छ ।

अहिलेसम्म धेरै स्थानको परिणाम आइसकेको छ भने केहीको गणना जारी छ । प्रदेश मुकामहरुमा निर्वाचन भएको थियो भने मतगणना पनि त्यही भइरहेको छ ।

कोशीमा एकजनाबाहेक अहिलेसम्म गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचि भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिला समूहतर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।

गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।

कोशीमा भने गठबन्धनको मत विभाजित हुँदा एमाले उम्मेदवार विजयी भएका छन् । कोशीको महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी हुन् ।

उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् । मतगणना जारी रहँदा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला राप्रपा एमाले गठबन्धनका उम्मेदवार उद्धव पौडेलभन्दा पछि परेका छन् । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा हुन् ।


क्लिकमान्डु