गठबन्धन उम्मेदवारलाई हराउँदै कोशीमा एमालेकी कोइराला विजयी



विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जितेकी हुन् ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो । कांग्रेसबाट अन्य समूहमा कृष्ण सिटौला उम्मेदवार छन् ।


क्लिकमान्डु