बम्जनविरुद्ध जाहेरी दिएका किशोरीका बुबालाई ट्याक्टरले ठक्कर दियो, उपचारका क्रममा मृत्यु



काठमाडौं । अनुयायीमाथ बलात्कार र बेपत्ता पारेको आरोपमा थुनामा रहेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिएका एक पीडितका बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका किशोरीका बुवाको उपचारको क्रममा मृत्यु भएको हो । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।

घाइते भएपछि जिल्ला अस्पताल, सिन्धुली लगिएका उनको उपचारको क्रममा मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले उनी जाहेरीकर्ताको बुबा भएको खबर आएको र त्यसलाई पुष्टि गरिरहेको बताए । प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । घटनालाई बमजमसँग पनि जोडेर हेरिरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु