कोटेश्वरमा अन्डरपास बनाउन जापानसँग ३१ अर्ब ऋण लिँदै सरकार, वार्ता टोली गठन



काठमाडौं । सरकारले कोटेश्वर सडक सुधार आयोजना कार्यान्यनका लागि जापान सरकारसँग सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित २४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

यसअघि कोटेश्वर क्षेत्रमा ट्राफिसक सुरधारका लागि जापान इन्टरनेशनल अर्पोरेशन एजेन्सी(जाइका) अध्ययन गरेको थियो । त्यस क्रममा सुरुङमार्ग, फ्लाइओभरसहितका विकल्प सरकारलाई दिएको थियो । तर कोटेश्वरमा विमानस्थल रहेकाले फ्लाइओभर बनाउन नमिल्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

विकल्प दिएसँगै जापानी नियोगले आयोजना अगाडी बढाउन चाँडै निर्णय दिन सरकारसँग माग गर्दै आएको भए पनि सरकारले निर्णय दिएको थिएन ।


क्लिकमान्डु