आजदेखि न्यूरोडको सडकमा पार्किङ गर्न नपाइने, कहाँ गर्ने ?



फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको छ ।

महानगरले न्युरोडको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने जनाएको छ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भने, ‘पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसबाट सवारी आवागमन सहज हुनेछ ।’

उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकलगायत कालोपत्रे सबै सडकमा पार्किङ निषेध गरिनेछ ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन सकेको छ ।


क्लिकमान्डु