हिमगिरी फुड प्रोडक्टले एकै वर्ष गर्‍यो १ अर्ब ३१ करोडको कारोबार



काठमाडौं । हिमगिरी फुड प्रोडक्ट प्रालिले एकै वर्ष १ अर्ब ३१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको व्यापार गत वर्षको तुलनामा सन् २०२३ मा ४३ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२२ मा ९२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ८८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीअनुसार सन् २०२३ मा ९ प्रतिशत नाफा कमाएको छ । कम्पनीले सन् २०२२ मा ७ प्रतिशत र सन् २०२१ मा ६ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीले गहुँ र धान प्रशोधन गरी मैदा, आँटा सुजी, चोकर, चिउरा र अन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीमा वार्षिक ३६ हजार २४० मेट्रिक टन गहुँको वस्तु र ७ हजार ८ सय मेट्रिक टन चिउरा उत्पादन गर्ने क्षमता छ ।

तरुन अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६३ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४९ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले उत्पादन गरेको वस्तु बंसी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु