६ महिनामा आयात ३ प्रतिशत र निर्यात साढे ७ %ले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा आयात दर ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्षको ६ महिनामा ३ प्रतिशतले आयात दर खुम्चिएको हो ।

पछिल्लो ६ महिनाको अवधिमा निर्यात दर पनि खुम्चिएको छ । ६ महिनाको अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोडको विभिन्न वस्तु तथा सेवा आयात भएको छ । अघिल्लो वर्षको ६ महिनाको अवधिमा भने ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको विभिन्न सामान नेपालमा भित्रिएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्मको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो ।

अघिल्लो वर्षको ६ महिनाको तुलनामा अहिलेको ६ महिनामा साढे ७ प्रतिशतले निर्यात दर पनि घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ७४ अर्ब ९६ करोड रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्लो वर्षको ६ महिनामा भने यस्तो बस्तु ८० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो ।

तथ्याँकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २.६२ प्रतिशतले व्यापार घाटा बढेको छ । ६ महिनाको अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।

पछिल्लो ६ महिनाको अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।


क्लिकमान्डु