आफ्नो एआई कम्पनीले ५० करोड डलरमात्र सुरक्षित गरेको रिपोर्ट मस्कद्वारा अस्वीकार



एजेन्सी । एलन मस्कले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धि आफ्नो कम्पनी एक्सएआईले १ अर्ब डलर कोषको लक्ष्यमा ५० करोड डलरमात्र सुनिश्चित गरेको खबरलाई अस्वीकार गरेका छन् ।

‘यो खबर गलत हो’, उनले सामाजिक सञ्जाल एक्सको बारेमा लेखिएको ब्लुमवर्गको एउटा समाचारको खण्डन गर्दै भने ।

जानकारहरुका अनुसार भन्दै ब्लुमवर्गको प्रतिवेदनले एआई स्टार्टअप कम्पनी एक्सएआइले आफनो मूल्यांकन १५ देखि २० अर्ब डलरको बीचमा गर्न लागेको जनाएको छ । तर, आउँदा हप्तामा सर्तहरू अझै परिवर्तन हुन सक्नेतर्फ पनि संकेत गरिएको छ ।

तर, तत्काल टिप्पणीको लागि एक्सएआइ तुरुन्तै उपलब्ध हुन सकेन ।

ब्लुमवर्गको समाचारका अनुसार, मस्क र लगानीकर्ताहरुबीच केहि हप्तामा सर्तहरुबारे निर्णय हुन सक्ने सम्भावना छ । साथै, केहि लगानीकर्ताहरुले एक्सएआइमा सेयर इक्विटी वा केहि अतिरिक्त लाभ पनि पाउने आशा गरेका छन् ।

गत डिसेम्बरमा मस्कले उनको एआइ कम्पनीले बजारबाट पैसा संकलन नगर्ने बताएका थिए । एक दिन अगाडि नै उनले आफनो स्टार्टअप कम्पनीको लागि इक्विटी प्रस्तावसहितको १ अर्ब डलर उठाउने प्रस्ताव अमेरिकी धितोपत्र नियामक समक्ष पेश गरेका थिए ।

मस्कले गत जुलाईमा विग टेकको एआइविरुद्ध आफनो एआइ स्टार्टअप कम्पनी एक्सएआइ सार्वजनिक गरेका थिए । मस्कका अनुसार विग टेकको एआइमा अत्यन्त धेरै नियन्त्रणकारी छ र पर्याप्त सुरक्षाका उपायहरु पनि अपनाइएका छैनन् ।


क्लिकमान्डु