रसियासमर्थित ह्याकरहरुले माइक्रोसफ्टका कर्मचारीमाथि निगरानी गरेको आरोप



एजेन्सी । प्रविधि सम्बन्धि कम्पनी माइक्रोसफ्टले रसियन सरकारको खर्चमा सञ्चालित ह्याकरहरुको समूहले आफ्ना कर्मचारीमाथि निगरानी राखेको आरोप लगाएको छ ।

शुक्रबार माइक्रोसफ्टले रसियाको खर्चमा सञ्चालनमा रहेका ह्याकरहरुले कम्पनीको कर्पोरेट प्रणालीमा अनाधिकृत प्रवेश गरेर केही महत्वपूर्ण इमेल तथा डकुमेन्टहरु चोरी गरेको हो । जनवरी १२ मा भएको यो घटनामा स्टाफहरुको एकाउन्टबाट कम्पनीको प्रणालीमा अनाधिकृत प्रवेश गरेको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टकाअनुसार रसियन ह्याकरहरुको समूहले माइक्रोसफ्टका कर्पोरेट इमेलहरुको केही हिस्सामा आफ्नो प्रवेश गरेको थियो । मुख्य गरि वरिष्ठ कर्मचारीहरु तथा अन्य कर्मचारीहरुको साइबर सुरक्षा, कानुनी तथा अन्य पक्षसँग सम्बन्धित इमेलहरुमा ह्याकरले अनाधिकृत प्रवेश गरेका हुन् ।

माइक्रोसफ्टको साइबर सुरक्षासम्बन्धि विभागले रसियाका मिडनाइट ब्लिजार्डजस्ता ह्याकरहरुले अनाधिकृत प्रवेश गरेको आरोप लगाएको छ । तर, यो विषयमा अमेरिकामा रहेको रसियन दूतावासले भने कुनै पनि प्रतिक्रिया जनाएको छैन ।


क्लिकमान्डु