कामना सेवा विकास बैंकको नाफा २५ करोड माथि



काठमाडौं । कामना सेवा विकास बैंकले यस वर्ष नाफा बढाएको छ ।

बैंकले दोस्रो त्रैमासमा कुल २५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष सोही अवधिमा बैंकको नाफा १९ करो ५८ लाख रुपैयाँ मात्रै थियो । तुलनात्मक रुपमा यस वर्ष बैंकको नाफा ६ करोड ३१ लाख रुपैयाँले धेरै हो ।

यस्तै पुस मसान्तसम्म बैंकको निष्कृय कर्जा (एनपीएल) पनि ३.४२ प्रतिशतमा छ । यो वर्ष बैंकले निष्किृय कर्जालाई घटाएको हो । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ३.७० प्रतिशतमा थियो ।


क्लिकमान्डु