ज्योति विकास बैंकको नाफा १० करोड, एनपीएल १ प्रतिशतले वृद्धि



काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १० करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष ३ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको बैंकले यस वर्ष ६ करोड ७० लाख रुपैयाँले बढि नाफा आर्जन गरेको हो।

दोस्रो त्रैमासमा बैंकको निष्कृय कर्जा पनि बढेको छ । गत वर्ष बैंकको निष्कृय कर्जा (एनपीएल) ३.५२ प्रतिशत थियो भने यस वर्ष बढेर ४.८८ प्रतिशतमा आइपुगेको छ ।

तुलनात्मक रुपमा यस वर्ष निष्किृय कर्जा १.३६ प्रतिशतले बृद्धि भएको हो ।

यस्तै बैंकको प्रति सेयर आम्दानी यस वर्ष बढेर ४.६० रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ पनि १३३.०१ रुपैयाँ पुगेको हो ।


क्लिकमान्डु