डेरी एसोसिएसनले रजत जयन्ती मनाउँदै



काठमाडौं । नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती तथा वार्षिक साधारणसभा गर्दैछ ।

काठमाडौंको लैनचौरस्थित मल्ल होटेलमा कृषि तथा पशुपन्छी सचिव रेवतीरमण पौडेलको प्रमुख आतिथ्यमा रजत जयन्ती मनाउन लागिएको एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।

एसोसिएसनले रजत जयन्तीमा उपस्थित हुने सबै अतिथीहरुलाई मायाको चिनोको रुपमा ठेकी र घ्यु प्रदान गर्ने तयारी गरेको छ।

रजत जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रिय सम्मान, पूर्व अध्यक्षहरुलाई सम्मान, उत्कृष्ट प्रदेश सम्मान, डेरी उद्योग तथा पत्रकार सम्मानित गर्ने कार्यक्रम रहेको छ । बालबालिकालाई दुध सेवन गराई उदघाट्न गरिने कार्यक्रम तय गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद, पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्य, कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत, कृषि मन्त्रालयका सहसचिव डा. सुर्य पौडेललगायत कृषि क्षेत्रका सरोकारवालाको उपस्थिति रहने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।


क्लिकमान्डु