तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । तराईका अधिकांश क्षेत्रमा शनिबार पनि हुस्सु र कुहिरो लागेको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू भागमा आंशिक बदली भएको छ । यसले गर्दा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार र सोमबारसम्म मौसम आंशिक रुपमा बदलिने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने सम्भावना छ ।

तराईमा हुस्सु र कुहिरो र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।


क्लिकमान्डु