सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ ला १७ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु