त्रिभुवन विश्वविद्यालयले अब ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जनाएको छ । यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ ।


क्लिकमान्डु