प्युठान जिल्लाको ऐरावति गाँउपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध



काठमाडौं । सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत प्युठान जिल्लाको ऐरावति गाँउपालीका आबद्ध भएको छ ।

अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्र्तगत प्युठान जिल्लाको ऐरावति गाँउपालिका मिति २०८० पौष २९ गते बाट कोषमा आबद्ध भएको हो ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी र ऐरावति गाँउपालिकाका तर्फबाट गाँउपालीका अध्यक्ष नबिल विक्रम शाहले संयुक्त रुपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ऐरावति गाँउपालीका अध्यक्ष नबिल विक्रम शाहले आफ्नो गाँउपालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालु आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रकृया सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसको लागि गाँउपालिकाले तत्कालै सुचना जारी गरि श्रमिकबाट आबेदन माग गर्ने कार्यको थालनी गर्ने बताए ।

कोषका तर्फबाट बोल्नुहुदै उपकार्यकारी निर्देशक विवेक पन्थीले जनताको जीवनयापन मा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउँदै ऐरावति गाँउपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।


क्लिकमान्डु