भारतीय नम्बर प्लेटको गाडी त्रिशूली नदीमा खस्यो, गोताखोरको टोलीले खोज्दै



फाइल तस्बिर

चितवन । त्रिशूली नदीमा गाडी खसेको आशंकामा प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको छ । बस खसेको स्थानमा भारतीय नम्बर प्लेट फेला परेको प्रहरीले छ ।

ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलमा भारतीय नम्बर बीआर ०९जीसी१४३० नम्बर प्लेट फेला परेको हो । यो कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन ।

सो सवारी साधन त्रिसुली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुङ्लिनले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ ।

गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोलीले त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु