न्यायाधीशपत्नीले सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास



फाइल तस्बिर

काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् ।

जिल्ला न्यायाधीशसमेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी उनले सर्वोच्च बाहिर आत्मदाह प्रायस गरेकी हुन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी उनलाई कपिलवस्तु लगिएको थियो । पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो ।


क्लिकमान्डु