रेड सिमा तनाव सिर्जना गर्ने हुथी बिद्रोहीविरुद्ध अमेरिका र बेलायतको आक्रमण



एजेन्सी । अमेरिका र बेलायतले हुथी विद्रोहीविरुद्धमा आक्रमण गरेका छन् ।

यमनमा रहेका विद्रोहीविरुद्ध हवाई तथा समुन्द्री मार्गबाट अमेरिका र बेलायतले हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रेड सि (लाल सागर)मा हुथी विद्रोहीहरुले मालबाहक जहाजहरुमाथि गरिरहेको आक्रमण विरुद्धअमेरिका र बेलायतले यमनमा रहेका हुथी विद्रोहीमाथि हमला गरेको हो ।

हुथी विद्रोहीहरुले केही समयअघिबाट लाल सागरमा रहेका मालबाहक जहाजमाथि हमला गरिरहेका छन् । मुख्यतः इजरायलतर्फ जाने जहाजमा आक्रमण गरेको दाबी गरे पनि हुथीहरुको यो कदमले विश्वभरकै वितरण प्रणालीमा असर पर्ने अवस्था सिर्जना भएको छ । यसैको प्रतिकारमा अमेरिका र बेलायतले यस्तो कदम चालेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू र आफ्ना सहकक्षी र स्वतन्त्रतामाथि भइरहेका यी प्रहारलाई सहेर बस्न नसक्ने चेतावनी स्वरुप यो आक्रमण भएको अभिव्यक्ति दिएका छन् ।

इरानको समर्थनमा रहेको हुथी विद्रोही समूहले प्यालेस्टाइन र हमासको समर्थनमा भन्दै लाल सागरमा चल्ने मालबहाक जहाज र उक्त रुटमा केही समयबाट आक्रमण गरिरहेको छ । रेड सि विश्वभर जहाजबाट हुने वितरणको १५ प्रतिशत हिस्सा ओगटेको क्षेत्र हो ।


क्लिकमान्डु