भट्टराईको ‘सेयर मन्त्र’ किताब ई-बुकमा पढ्न पाइने



काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा लिखित पुस्तक ‘सेयर मन्त्र’ अब ई-बुकमा पनि पढ्न पाइने भएको छ । यसको ई-बुक संस्करण ‘थुप्रै डटकम’ले प्रकाशन गरेको हो ।

थुप्रै डटकम र थुप्रै मोबाइल एपमा गएर भट्टराईको ई-बुक किन्न र डाउनलोड गरेर पढ्न सकिन्छ । थुप्रै एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ ।

पाठकको अधिक माग र विश्वव्यापी फैलिएका नेपाली लगानीकर्ताको चाहनालाई ध्यानमा राखेर ई-बुक प्रकाशन गर्ने सोच बनाएको लेखक भट्टराईले बताए ।

‘प्रविधिको विकाससँगै आफूलाई बदल्दै लगिए पाठकको चाहना पूरा गर्न र मन जित्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो,’ उनले भने ।

आफूले लेखेका सेयर बजारसम्बन्धी अन्य पुस्तक पनि विस्तारै ई-बुक संस्करणमा प्रकाशन गर्ने उनको तयारी छ ।

सेयर मन्त्रको ई-बुक संस्करणको मूल्य २७५ रुपैयाँ र पेपर ब्याक संस्करणको मूल्य ३७५ रुपैयाँ छ । प्रकाशन भएको यो किताब सेयर बजारमा लगानी गर्ने पाठकमाझ निकै लोकप्रिय रहेको भट्टराईको दाबी छ ।


क्लिकमान्डु