खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ६० कर्मचारी



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै चौथो तहदेखि ९तहसम्म ६० जना कर्मचारी माग गरेको हो ।

व्यापार कम्पनीले ९ तहमा ६ जना, ८ तहमा ३ जना, ७ तहमा २ जना, ६ तहमा १४ जना, ५ तहमा १३ जना र ४ तहमा २२ जना कर्मचारी माग गरेको छ ।

सूचनाअनुसार ९ तह र ८ तहका लागि २ हजार आवेदन दस्तुर तोकेको छ । त्यसमा थप प्रत्येक किसिम÷समूका लागि ६ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसैगरी, ७ तह र ६ तहका लागि आवेदन शुल्क ६ सय रुपैयाँ तोकेको छ भने थप समूहका लागि ४ सय दस्तुर बुझाउनुपर्नेछ ।

साथै, ५ तहको आवेदनका ८ सय र थप समूहका लागि ३ सय रुपैयाँ र ४ तहलाई ७ सय रुपैयाँ र थप समूहका लागि ३ सय रुपैयाँ बुझाउनुपर्ने जनाएको छ ।

आवेदन आगामी माघ १८ गतेसम्म दिन सक्नेछन् । साथै, दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दिन सक्नेछन् ।


क्लिकमान्डु