गौशाला २६ को पहिचान खुलाउन खोजेको भन्दै साइबर ब्युरोमा जाहेरी



काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाएको भन्दै गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो सार्वजनिक गरेको भन्दै उनले ब्यूरोमा उजुरी दिएकी हुन् । साइबर ब्युरोमा दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी परेको हो ।

साइबर ब्यूरोले उजुरी आएको र त्यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

गौशाला २६ को उजुरीपछि दायर मुद्दामा सन्दीप लामिछनेलाई दोषी ठहर गरी सजाय सुनाइसकेको छ । अदालतले लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय भएको छ ।

लामिछाने दोषि ठहर भएसँगै केही दिनयता फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गरिरहेका छन् भने उनको बुवाआमा ठेगानासहितका विवरण सार्वजनिक भएका छन् ।


क्लिकमान्डु