‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ



काठमाडौं । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसनमार्फत हारजित हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ घर भई काठमाडौँको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक बस्ने सर्लाहीका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक बस्ने सर्लाहीकै २५ वर्षीय निशान गौतम रहेका छन् ।

विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।


क्लिकमान्डु