बमजनलाई जिल्ला अदालत सर्लाही लगियो, थुनछेक बहस हुने



काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बमजनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगिएको एसपी प्रविण धितालले जानकारी दिए । उनलाई बुधबार राति नै सर्लाही लगिएको थियो ।

सर्लाहीकी रिता बोटेलाई बेपत्ता बनाएको आरोप बमजन। बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयान सुरु भएको छ । बयानपछि उनविरुद्ध थुनछेक आदेश हुनेछ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति बूढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडास्थित उनको घरबाट पक्राउ गरेको थियो ।


क्लिकमान्डु