अमेरिका पठाइदिन्छु भनि साढे २३ लाख ठगी गर्ने बेन्जु पक्राउ



काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँ बढी ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

काठमाडौ बूढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महतले अमरबहादुर पुनलाई अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ खर्च लाग्ने बताएकी थिइन् ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम पनि लगाइदिने र मासिक ४ लाख रुपैयाँ तलब हुन्छ भन्ने विश्वास महतले पुनलाई दिलाएकी थिइन् । पुनले उनलाई २३ लाख ५० हजार रुपैयाँ दिए । तर महत त्यसपछि सम्पर्कविहीन भइन् ।

ठगीको उजुरीपछि प्रहरीले महतको खोजी गरेको थियो । त्यसक्रममा प्रहरीले मंगलबार महतलाई बूढानीलकण्ठ-६ भंगाल चपलीबाट पक्राउ गरेको थियो । महतमाथिको थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु