रास्वपाले केन्द्रीय सदस्य र सांसदबाट २५ हजार लेबी उठाउने, सदस्यता लिन १ हजार



काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । सिंहदरबारमा मंगलबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकलै पार्टी सदस्यता शुल्क १ हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए । त्यस्तै बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा. अत्यन्द्र दाहाल, राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ ।

प्रमुख सचेतक परियारका अनुसार केन्द्रीय सदस्य र सांसदहरुका लागि लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


क्लिकमान्डु