सन्दीपको सजाय आज तोक्दै अदालत, कति वर्ष होला कैद?



काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले आज सजाय तोक्दै छ ।

चार दिनको निरन्तरको बहसपछि पुस १३ गते जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । दोषी ठहर गर्दै सजाय तोक्न पुस २५ गतेको पेसी तोकेका थिए ।

आजको पेसीले लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने छ । उनीमाथि ७ देखि १० वर्ष कैद सजाय हुनसक्ने सम्भावना रहेको कानुका जानकारहरुको भनाइ छ ।

फैसलामा अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेका कारण सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उनीहरुको भनाइ छ ।

अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम सन्दीपले कसुर गरेको ठहर फैसलामा गरिएको छ । दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


क्लिकमान्डु