मंसिर मसान्तसम्ममा १ लाख १९ हजार करदाताले बुझाए काठमाडौं महानगरमा कर



काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाकामा १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् ।

यस वर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० रहेको महानगरले जनाएको छ । गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक वर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।

सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेस गरेका हुन् ।


क्लिकमान्डु