
काठमाडौं । कालिञ्चोक दर्शनको करिब सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको सबै सेयरको लकइन अवधि माघ १७ गते समाप्त हुने भएको हो ।
नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कम्पनीको कुल ६० लाख कित्ता सेयरमध्ये संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको लागि ४९ लाख ४१ हजार ६ सय कित्ता सेयर वितरण गरेको थियो । उक्त सेयरको लक–इन अवधि माघ १७ गते समाप्त हुनेछ ।
कम्पनीमा संस्थापक ४८ लाख कित्ता, कर्मचारीको २१ हजार ६ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको १ लाख २० हजार कित्ता सयेर छन् ।








प्रतिक्रिया