सोमबार रोकिएका डेढ सय यात्रु बोकेर बैंकक उड्यो निगमको जहाज



काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार रोकिएका डेढ सय यात्रु बोकेर बैंकक उडेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार सोमबार रोकिएका सबै यात्रु मंगलबार दिउँसो ११:३० मा निगमको वाइडबडी ३३० जहाजमार्फत् बैंकक पठाइएको छ ।

निगमको न्यारोबडी जहाजमा प्राविधिक समस्या देखिएपछि सोमबार उक्त जहाज ग्राउन्डेड गरिएको थियो । काठमाडौं-बैंकक उडान हुन नसक्दा निगमले डेढ सय यात्रुलाई होटलमा राखेको थियो ।

सोमबार प्राविधिक समस्या देखिएको न्यारोबडी जहाज भने हिजै राति १२:३० बजे १५१ यात्रु लिएर क्वालालम्पुर उडिसकेको उनले बताए ।


क्लिकमान्डु