कर्णाली प्रदेशको लोकसेवाले माग्यो २४ जना, कुनमा कति माग ?



काठमाडौं । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले रिक्त रहेका विभिन्न पदका लागि विज्ञापन खोलेको छ । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदका लागि आयोगले विज्ञापन खोलेको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन खोल्दै आयोगले प्रशासन तथा लेखा समूहका २४ पदमा आवेदन आह्वान गरेको छ ।

आयोगका अनुसार खुला प्रतिस्पर्धाअन्तर्गत प्रशासन सहायकमा ४ जना, लेखा सहायकमा १ जना, लेखापाल १ जना र आन्तरिक लेखा परीक्षक १ जनाको लागि दरखास्त माग गरिएको छ ।

यस्तै समावेशीतर्फ महिलामा प्रशासन सहायक ५ जना, लेखा सहायक १ जना र आन्तरिक लेखा परीक्षक ६ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
समावेशीतर्फ नै आदिवासी जनजातिमा प्रशासन सहायक पदमा ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

योग्यता पुगेका व्यक्तिले माघ १५ गतेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।


क्लिकमान्डु