राष्ट्रियसभा निर्वाचन: ५२ जनाको उम्मेदवारी दर्ता (सूची)



काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् ।

माघ ११ गते बिहीबार हुने स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८, र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।


क्लिकमान्डु