कुकुरले टोक्दा खाद्य कम्पनीको थप दुई च्याङग्रा मारिए



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रदेश कार्यालयमा दुई च्याङग्रा मारिएका छन् ।

गत बुधवार मध्यरातमा प्रवेश गरेका ५ वटा कुकुरले घेरावन्दी गरि उक्त कार्यालयको खोरमा राखिएका ४७ च्याङग्राको घाँटीमा टोकेर सख्त घाइते बनाएको थियो ।

४७ च्याङग्रा सोही राति मरेका थिए भने कुकुरको टोकाईबाट १४ वटा अन्य च्याङग्रा पनि घाइते भएका थिए । ति १४ वटामध्ये दुईवटा च्याङग्रा पनि मरेका छन् । कुकुरले टोक्न नपाएको १३ वटा च्याङग्रा भने स्वस्थ्य रुपमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दसैंमा बिक्री गर्नका लागि ५ सय ४२ वटा च्याङग्रा खरिद गरेको थियो । चाडवाडको क्रममा ४ सय ९५ वटा च्याङग्रा बिक्री भए पनि ४७ च्याङग्रा बिक्री भएका थिएनन् ।


क्लिकमान्डु