चितवनमा बोराभित्र फेला परेका दुई शवको डेढ महिनापछि खुल्यो पहिचान



चितवन । चितवनको भरतपुर महानगरपालिकामा कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा एक पुरुष र महिलाको शव फेला परेका मृतकको पहिचान खुलेको छ ।

मिलनचोकस्थित पूर्व-पश्चिम राजमार्गमा शव फेला परेको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो ।

भारत घर भई भरतपुरमा व्यापार गरि बस्दै आएका उनीहरु श्रीमान श्रीमती हुन् । घटनाका पीडक भारतमै रहेको खुलेको छ ।

पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ ।

घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो । २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो ।

चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।


क्लिकमान्डु