राष्ट्रिय सभा सदस्यका लागि सिटौलाले दर्ता गरे उम्मेदवारी



काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन् ।

सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको रुपमा हेरिएको छ ।

उम्मेदवारी दर्तापछि पत्रकारले सोधेको राष्ट्रिय सभा अध्यक्ष बन्न लागेको हो भन्दै गरेको प्रश्नमा उनले आफू पहिले संसदमा पुग्ने र त्यसपछि त्यो प्रश्नको जवाफ आउने बताए ।

गत प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

२०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भएका छन् । उनी यस अघि पाँच पटक पराजित भएका थिए ।


क्लिकमान्डु