शेख हसिना बंगलादेशमा लगातार चौथो पटक प्रधानमन्त्री निर्वाचित



एजेन्सी । बंगलादेशको प्रधानमन्त्री पदमा शेख हसिनाले निरन्तर चौथो कार्यकालका लागि जीत निकालेकी छिन् । सोमबार बंगलादेशको निर्वाचन आयोगले जनाएअनुसार उनको पार्टीले बहुमतसहितको जीत निकालेको हो ।

बंगलादेशको प्रमुख प्रतिपक्ष दलले चुनावलाई बहिस्कार गर्दै मतदान नगर्ने बताएको थियो । तर, पनि हसिनाले निरन्तर जीत निकालेकी छिन् ।

प्रमुख प्रतिपक्षि दल बंगलादेश नेसनलिष्ट पार्टी (बिएनपी)ले हसिनाको राजीनामाको माग गरेको थियो । तर, उनले राजीनामा दिन अस्विकार गरेपछि उक्त पार्टीले चुनावलाई नै बहिस्कार गरेको थियो ।

शेख हसिना बंगलादेशका पीता शेख मुजिबुर रेहमानकी छोरी हुन, जसको १९७५ को सैन्य कुका क्रममा हतया भएको थियो । उनी पहिलो पटक १९९६ मा प्रधानमन्त्री भएकी थिइन । यसपटकको जीतसँगै उनको यो पाचौं कार्यकाल हो ।

विगत १५ वर्षमा हसिनाले बंगलादेशको आर्थिक पक्षका लागि धेरै काम गरेको बताइन्छ । बंगलादेशको अर्थतन्त्रलाई विकास गर्नका लागि उनको सरकारले विभिन्न रणनीतिहरु अपनाएको छ ।

आइतबार भएको चुनावमा कतिपय ठाउँमा हिंसात्मक अवस्था पनि सिर्जना भएको बंगलादेशका निर्वाचन आयुक्त काजी हबिबुल अवालले बताएका छन् । जसकारण ४० प्रतिशत मतदान केन्द्रहरु बन्द भएका थिए ।

हसिनाले भारी मतसहित जीत निकालेकी छिन् । कुल ३ सय संसदीय सिटमध्येमा हसिनाको पार्टी अवामी लिगले २२३ सिटसहित जीत निकालेकी हुन् ।


क्लिकमान्डु