केकमा गाँजा मिसाएर बिक्री गर्ने एक जना पक्राउ



काठमाडौं । केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अन्डरस्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनले लागु औषध मुफिनसमेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ । त्यसैगरी तयारी अवस्थाको केक १ सय ७८ ग्राम, ३ किलो ७ सय ५४ ग्राम गाँजा, लागुऔषध जोख्ने डिजिटल तराजु पनि बरामद भएको छ।

विगत एक वर्षदेखि उनले गाँजा मिसाएर केक लगायत विभिन्न प्रकारका खानेकुरा बनाएर अनलाइनमार्फत् बेच्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु