त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको सूचना रद्द



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वानसहितको सूचना रद्द गरिएको छ ।

नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्ने भनिए पनि उक्त सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख थियो ।

पदाधिकारीबाट उपकुलपति नियुक्त गरी फेरि भागबन्डा गर्न थालियो भन्दै विज्ञापनको बिरोध भएपछि सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहालले कुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए । त्यसपछि समितिले शनिबार निर्णय गरेर यसअघिको सूचना रद्द गरेको हो ।


क्लिकमान्डु