सर्लाहीमा झडप: एक जनाको मृत्यु



सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेका थिए ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।

मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले भने प्रहरीको गोली लागेर शाहको मृत्यु् भएको दाबी गरेका छन् ।


क्लिकमान्डु