आरतीको भिडियो खिच्न रोक लगाएको सूचनामा संलग्नता छैन: पशुपति क्षेत्र विकास कोष



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न रोक लगाएको विषयको सूचनामा कोषको संलग्नता नरहेको दाबी गरेको छ ।

केही साताअघि नियुक्त कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले सूचना जारी गर्दै ति क्षेत्रमा खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भिर ध्यानाकर्षण भएको छ उल्लेख गरिएको छ ।

कोषको लोगो र नाम समेत राखि सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको सूचनामा जनाएइएको छ । उक्त सूचना प्रकाशित प्रति कोषको कुनै पनि संलग्नता नरहेको सूचनामा जनाइएको छ ।

पशुपतिमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको भन्दै कोष र सरकारको आलोचना भएपछि कोषले सूचना जारी गरेको हो ।

लोगो र नाम समेत राखि सूचना प्रकाशित भएको भन्दै सूचना जारी गरे पनि कोषले बुढा सुब्बा डिजिटल प्रालिसँग सम्झौता गरेको पाइएको छ ।

गत जेठ २९ गते बुढा सुब्बा डिजिटललाई पत्र लेख्दै कोषले सम्झौता गर्न बोलाएको थियो । गंगा आरति र कोर एरियाको दीप प्रज्वलनका लागि बुढा सुब्बा डिजिटल प्रालिबाट कबोल गरिएको रकम १ लाख ६० हजार कोषले स्वीकृत गरेको थियो ।

कार्यसम्पादन जमानत वापतको रकम १ करोड १३ लाख ९० हजार ४ सय रुपैयाँ मात्र नेपाल सरकारको ईजाजत प्राप्त “क” वर्गको बाणिज्य बैंकबाट कोषका नाममा जारी गरेको कम्तिमा ६३ महिना म्याद भएको सक्कल बैंक जमानत पत्र वा नेपाल बैंकको डिल्लीबजार स्थित कोषको धरौटी खातामा नगद जम्मा गरेको सक्कल बैंक भौचरसहित सम्झौताका लागि बोलाइएको थियो ।


क्लिकमान्डु