ओलीलाई भेट्न बालकोट पुगे रवि, के भयो कुराकानी ?



फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।

भक्तपुरस्थित बालकोटमा रहेको ओली निवासमा भएको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।

अर्यालले कुनै एजेण्डाबारे भन्दा पनि संसदमा प्रतिनिधित्व गर्न दलका शीर्ष नेताका बीचको भेटवार्ता भएको बताए ।

दुई नेताबीच करिब १ घण्टा छलफल भएको जनाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट दिने प्रधानमन्त्री पुष्ककमल दाहालको प्रस्तावपछि सत्ता गठबन्धनमा दरार उत्पन्न भएको रुपमा हेरिएको बेला प्रतिपक्षी दलकाका दुई नेताबीच भेटवार्ता भएको हो ।


क्लिकमान्डु