मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी



काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)कोरिया शाखाको निर्देशकको जिम्मेवारी मैयाँ कँडेललाई दिएको छ ।

सिप बिल्डिङको परीक्षामा सहभागी भएकाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाएको भन्दै पुस १३ गते भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको र मन्त्रीको गाडी जलाएको घटनापछि शाखाको निर्देशकको जिम्मेवारीबाट गुरुदत्त सुवेदीलाई सरकारले हटाएको थियो ।

रिक्त पदमा सरकारले कँडेललाई जिम्मेवारी दिएको हो । यसअघि उनी रोजगार प्रबन्ध बोर्डमा थिइन् ।

कँडेल शुक्रबार ईपीएस शाखा पुगेर कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रम गरेर सिंहदरबारस्थित गृहमन्त्रालय पुगेकी छन् ।

दुई जना युवकको ज्यान जाने गरी भएको ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको हो ।

प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटना भएकै दिन उच्च अदालत पाटनले सिप बिल्डिङमाको परीक्षामा सहभागी सबैलाई उत्पादनमूलक क्षेत्रमा फारम भर्न दिन आदेश दिएको थियो ।


क्लिकमान्डु