भूकम्पपीडितलाई बार एसोशिएसनको करिब १८ लाख सहयोग



काठमाडौ । नेपाल बार एसोशिएसनले भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १७ लाख ८४ हजार ७९ रुपैयाँ सहयोग गरेको छ ।

उक्त चेक बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । कात्तिक १७ गते शुक्रबार राती ११:४७ बजे कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नीच्युटको भूकम्पका कारण जाजरकोटका साथै रुकुम पश्चिम लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

उनीहरुलाई सहयोग गर्न भन्दै एशोसिएशनले विभिन्न बार एकाई र कानून व्यवसायीहरुबाट सङ्कलन भएको उक्त रकम प्रधानमन्त्री मार्फत कोषमा जम्मा गरेको छ ।


क्लिकमान्डु