सशस्त्र प्रहरीमा १९७ जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?



काठमाडौं । सशस्त्री प्रहरी बलमा विभिन्न पदमा १९७ जनालाई रोजगारी खुलाइएको छ ।

सशस्त्र प्रहरी बलको मानवश्रोत विभागले सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी निरीक्षक पदमा ९९ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक ९८ जनाका लागि रोजगारी खुलाइएको जानकारी दिएको हो ।

सूचनाकाअनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्लातर्फ ५४, अमर तथा अशक्त सशस्त्र प्रहरीका सन्ततितर्फ ४ जना, महिलातफए ८ जना, आदिवासी जनजातीतर्फ १३ जना, मधेशी ११ जना, दलिततर्फ ७ जना र पिछडिएको क्षेत्रतर्फ २ जना गरि कुल ९९ जनाका लागि रोजगारी खुलाएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी सहायक निरीक्षकतर्फ खुल्लामा ५३ जना, अमर तथा अशक्त सशस्त्र प्रहरीका सन्ततितर्फ २ जना, महिला ८ जना, आदिवासी जनजाती १५ जना, मधेसी १३ जना, दलित ६ जना र पिछडिएको क्षेत्रतर्फ १ जना गरि ९८ जनाका लागि रोजगारी खुलाइएको हो । सशस्त्र प्रहरी सहायक निरीक्षकअन्तर्गतका ९९ जनामध्ये ६५ जना प्रहरी परिचर (भान्छे), प्रहरी परिचर (कुचिकार) १० जना, प्रहरी परिचर (सूचिकार) ४ जना, प्रहरी परिचर (कोशकतर्फ) ४ जना, प्रहरी परिचर (चर्मकर्मी) ५ जना र प्रहरी परिचर (माली) ३ जनाका लागि रोजगारी खुलाइएको छ ।

सशस्त्र प्रहरीकाअनुसार सम्बन्धित पदमा योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गतेसम्म सामान्य दस्तुरमा र माघ २८ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने जनाएको छ ।


क्लिकमान्डु