भारतीय राजदूतले पशुपतिमा गरे पूजा



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नेपाल आएका उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले नेपालमा रहँदा राष्ट्रपति प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका छन् । उनी आज स्वेदश फर्कदैँ छन् ।


क्लिकमान्डु