पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख ठग्ने रचना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख रुपैयाँ ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको पञ्चकन्या गापा-२ घर भई हाल काठमाडौं टोखा नपा- ११ मनमैजु बस्ने २२ वर्षीया रचना थापाले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै रामचन्द्र कार्कीलाई ठगी गरेकी थिइन् ।

प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिनेभन्दै उनले कार्कीलाई ठगी गरेकी हुन् । पोर्चुगल पुगेपछि मासिक १ लाख ३० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी थापाले कार्कीबाट पटकपटक गरि ९ लाख ९० हजार रुपैयाँ लिइ फरार भएकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालबाट खटिएको टोलीले थापालाई टोखा-११ मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु